कर्के नजर नलाऊ फेरि मोहनी लागला
हर पल त्यो मनमा फेरि पिरती जागला
यो त एउटा नशानै हो छुटाउदा न छुटने
दिनको चैन रातको निन्द्रा सबै नै लुटने
कुतकुतिन्छ हेर फेरि मन यो लागेछी
सम्हाले र सम्हिलन्न नि तब यो जागेछी
जोरिपारी हाँस्छन् फेरि कुरा काटदै
नयाँ नयाँ नौला नौला फुर्का गाँसदै
सधैं भरि अँगालोमै बेरिन मन लागला
भोक शोक सधै सधैलाई भागला
भन्नु मेरो कर्तव्य हो तिमीले जान है
बेला छदै होशमा आऊ भन्या मान है
No comments:
Post a Comment