एका विहानै ढकढकाई ढोका मेरा
निन्द्रा खल्बलाउने बहाना खेज्ने डेरा
आए महापुरुष बोकी झोली तुम्बा सारा
सुनी कुरा घरवेटी म¸ चढे
मेरा पारा
सोध्छन्¸ घरवेटी बा – डेरा
छ
पानी¸ विजुली¸ मलमूत्र
त्याग्ने कस्तो व्यवश्था छ
राती अबेरै आउने - मेरा काम छ
ढोका खोल्न तपाईलाई कुनै अप्ठेरो छ
छक्क परे¸ अक्क न बक्क परे
तल देखि माथी सम्म एक नजर भरे
कानमा मुद्रा सायद ति सुनकै परे
मुसा नाके जुत्तामा¸ हात्ती
काने झुण्ड्याछन्
जगल्टे ति कपाल अनि चुस्स दाह्री उम्र्याछन्
हातको मोबाइल¸ कानमै
टाँसी अट्टहाँसमा हाँस्या छन्
भो भो डार्लीङ कुरा मै छु¸ केही
क्षण मै भेटुला
हातको झोला कहाँ राखु¸ तपाईलाई
अप्ठेरो भयो होला
झस्किए हातमा मेरा झोला छन्¸ म
बाहिर उ भित्र छ
मानौ म डेरावाल उ घरवेटी बनेको छ
पैसोको त कुरै छैन लाग्छ उस्को त्यो घरै छ
ढुङ्गा¸ पानी माटो जोडी बनाए घर
रहरले
साना नानी सानै नै थे¸ माटो
मुस्थे रहरले
बसौंला संग संगै भनी जोडे¸ कत्ती
रगत पसिना गए
साना अब ठुला भए छोडी घर अन्तै गए
दुई बुढाबुढीलाई कोठै कोठा धेरै भए
स्रोत खान नै चाहियो¸
महिनामा दुईचार सये
घरवेटी म डेरा त दिनै पर्यो
मान्छे त केही राख्नै
पर्यो
समस्या सबैका छन्¸ समस्या त सुन्नै पर्यो
सबैका सुन्दा सुन्दै
मेरा अब कसले सुन्ने
उसलाई लाग्छ उ बस्देर
मलाई मात्र उपकार छ
लाग्छ मलाई
बस्नदेर उस् माथी उपकार छ
सबै हेर्दा सबै बुझ्दा¸ डेरावाल तिमी घरवेटी म
सबै हेर्दा सबै बुझ्दा¸
डेरावाल तिमी घरवेटी म
No comments:
Post a Comment