रातो र निलो रंग खनायो
चन्द्र बनायो¸ सुर्य बनायो
छोरोले नेपालको झण्डा बनायो
उसले कोर्दै गर्दा रेखाहरु
मन मेरो ढक्क फूलिगो
रातो र निलै रंग किन खनायो
चन्द्र र सुर्यै किन बनायो
सोच्न नपाउदै मैले केही
उसले वाक्य यस्तो बनायो
मलाई सबै भन्दा प्यारो लाग्छ¸ नेपालको झण्डा
म मन मनै भन्न थाले
केहिलाई लाग्दैन त्यो
सबै फेर्ने निहुँमा¸ कुनै दिन फेरिन्छ
त्यो
अवोध बालकले फेरी अर्को झण्डा बनाउनु छ
अर्कै रंग खनाउनु छ
अर्कै चित्र बनाउनु छ
थाहा पाए सबै कुरा उसले मलाई सोध्ने थियो
बाबा झण्डा त हाम्रो राम्रै छ
सबै भन्दा अलग्गै छ
हेर्दा सबैका सामुन्ने चिन्न सबैलाई प्रष्टै छ
केहि गर्न नसके पनि देशले¸ यसैले देश चिनिएको छ
सबैलाई चकित पार्ने हाम्रो झण्डा¸ विशेष छ
बाबा किन फेर्न पर्यो ?
किन अर्कै रेखा कोर्नु पर्यो
?
किन अर्कै रंग भर्नु पर्यो
?
किन अर्कै चित्र बन्नु पर्यो
?
थाहा पाउन्न म मेरो झण्डा कैले देखि यस्तै छ
कस्कसले यसलाई बोके
कहाँ कहाँ यो पुग्यो
सायद बैरी संग लड्दा हाम्रा पुर्खा
यो झण्डा त्यही थियो
विरगती पाउँदा सपुत¸ त्यै झण्डा ओढेको थियो
ति सबैले अब अर्कै झण्डा ओढ्नु छ
फेरि विरगती पाउँनु छ
फेरि त्यो फहराउनु छ
छोरोले मलाई झक्झकायो
सोच्यो बाऊ किन टोहोलायो
एकै छिन हेरी मुहार मेरो
फेरि आफ्नै कापी समायो
हेर्नुहोस् त बुबा मैले बनाएको झण्डा
यसो मैले कापी हेरें
रातो¸ निलो¸ चन्द्र¸ सुर्य¸ तिन चोसे आकार त्यो
बोल्न नसकी हेर्दै थिए
उसैले फेरि मलाई बोलायो
भन्यो राम्रो छ हगी
मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा
………..
मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा
No comments:
Post a Comment