साना थिए रहर मेरा सानै सोच रमाउने
सानै कर्म सानै ठाँऊ सानैमा अटाउने
ठूला रहर बोकी कोही ठूलै सोच लिइकन
ठूलै कर्म ठूलै ठाँऊ ठूलैमा पुर्याउने
अज्ञानी म नजान्ने क्यै मूर्ख थिए भयङ्कर
ज्ञान ज्योती पाइने भो लागि हिनौ तिनै तिर
निस्किए थे भिरी झोला पाए बाँड्छु चारै तिर
पाखा भीर घना जंगल खोला नाला तीरै तीर
खाली खुट्टा म नै जस्ता लावा लस्कर वेजोड त्यो
ज्ञान जति पाइदैगो रहर अझ बढी रह्यो
अकस्मात अकाशवाणी ज्ञान सागर चारै तिर
भरी रहेँ भर्दै गए भयो झोला सानो अब
पछी पछी आउने बाठा बोकी ल्याए बोरै भर
कोही लाटा अँजुली मै ज्ञान बोकी गए घर
जब ज्ञान आयो तब सोच ठूलो भई गयो
सोच ठूलो भयो अब कर्मै ठूलो हुने भयो
कर्म ठूलो नाना थरी हुन्छ हुन्न जसो गरि
भर्दै गए असन्तोषी ज्ञान ज्योती वरिपरी
पहिलेका सबै ज्ञानी हाल पाखा बसी कन
पछिल्लाका चुरिफुरी कती दुख्दो तिनका मन
फेरि पाउने आशा राखी गर्दै हिन्छन् नाना थर
कठै! जुनी वित्छ कि
तिनका दगुर्दैमा वरिपरी
आकाशवाणी गर्ने तिनी ठूला मुनि कहलाउछन्
तिनै मुनि रखवाला झै सबै यहाँ चलाउछन्
गोटी सरि निकालिन्छन् गोटी सरि पलाउछन्
कठै! ज्ञानी जुनी तिनका
केवल गोटी कहलाउछन्
कठै! ज्ञानी जुनी तिनका
केवल गोटी कहलाउछन्
- २०६९/११/२४
(२०६९/११/२५ गते नारी दिवसका दिन मैले @cafekavita मा वाचन गरिएको कविता हो)
2 comments:
good poem.
dami chha.
house for sale in kathmandu
Post a Comment