Monday, March 11, 2013

ज्ञान


साना थिए रहर मेरा सानै सोच रमाउने
सानै कर्म सानै ठाँऊ सानैमा अटाउने
ठूला रहर बोकी कोही ठूलै सोच लिइकन
ठूलै कर्म ठूलै ठाँऊ ठूलैमा पुर्‍याउने

अज्ञानी म नजान्ने क्यै मूर्ख थिए भयङ्कर
ज्ञान ज्योती पाइने भो लागि हिनौ तिनै तिर
निस्किए थे भिरी झोला पाए बाँड्छु चारै तिर
पाखा भीर घना जंगल खोला नाला तीरै तीर

खाली खुट्टा म नै जस्ता लावा लस्कर वेजोड त्यो
ज्ञान जति पाइदैगो रहर अझ बढी रह्यो
अकस्मात अकाशवाणी ज्ञान सागर चारै तिर
भरी रहेँ भर्दै गए भयो झोला सानो अब

पछी पछी आउने बाठा बोकी ल्याए बोरै भर
कोही लाटा अँजुली मै ज्ञान बोकी गए घर

जब ज्ञान आयो तब सोच ठूलो भई गयो
सोच ठूलो भयो अब कर्मै ठूलो हुने भयो
कर्म ठूलो नाना थरी हुन्छ हुन्न जसो गरि
भर्दै गए असन्तोषी ज्ञान ज्योती वरिपरी

पहिलेका सबै ज्ञानी हाल पाखा बसी कन
पछिल्लाका चुरिफुरी कती दुख्दो तिनका मन
फेरि पाउने आशा राखी गर्दै हिन्छन् नाना थर
कठै! जुनी वित्छ कि तिनका दगुर्दैमा वरिपरी

आकाशवाणी गर्ने तिनी ठूला मुनि कहलाउछन्
तिनै मुनि रखवाला झै सबै यहाँ चलाउछन्
गोटी सरि निकालिन्छन् गोटी सरि पलाउछन्
कठै! ज्ञानी जुनी तिनका केवल गोटी कहलाउछन्
कठै! ज्ञानी जुनी तिनका केवल गोटी कहलाउछन् 

- २०६९/११/२४
(२०६९/११/२५ गते नारी दिवसका दिन मैले @cafekavita मा वाचन गरिएको कविता हो)

Friday, February 15, 2013

फेब्रुअरी महिनामा पर्ने डेहरु


फेब्रुअरी महिना आयो¸ यो मन हर्ष साथै उमङ्ग्यायो ।
प्रिती गाँसने प्रिती तोड्ने¸ यहि महिनाले दिन ल्यायो ।।

कुरी बसेँ छैठौं दिन¸ सातौं दिन रोज डे आयो ।
गुलाफको फूल चुँडी¸ मायालुलाई दिन पायो ।।

माया गर्छु सधै सधै¸ आठौं प्रोपोज गर्न भ्यायो ।
संसारकी एक्ली तिमी¸ सबै जिते जस्तो लाग्यो ।।

नवौं दिन चकलेट डे भन्दै¸  मिठा मिठा चकलेट ल्यायो ।
मायालुलाई छेवैमा राखी¸ आफु खायो उसलाई खुवायो ।।

रमाई राखुन राती पनि¸ साथै राखुन संगै भनी ।
दशौं दिन टेडी दिई¸ टेडी डे मै दिन वितायो ।।

एघारौंमा सबै भुली¸ भए नभएका कसम खायो ।
त्यसैले त त्यो दिनलाई¸ प्रोमिस डे भनि त्यै मनायो ।।

सबै गरे सबै भने¸ छेउमै छिन् मायालु पनि ।
बाह्रौं दिन सारै भयो¸ किस डे भनी च्वाप्प मुई खायो ।।

टाडैबाट खाको मुई¸ अली नजिक जानु पर्यो ।
अंगालोमा बाँधि उनलाई¸ तह्रौं हग डे भन्न भ्यायो ।।

चौधौँ भालेन्टाईन भनी¸ गर्नु नगर्नु गर्न भ्यायो ।
दिन भरि विताएर¸ राती छुटिई घर पठायो ।।

के के भयो अधिल्लो दिन¸ भोली पल्ट तिरमिरायो ।
ना ना थरी सम्झी मन¸ त्यसै त्यसै मन् डरायो ।।
फोन गर्दा नउठेसी¸ स्वयम गई गाला चटकायो ।
त्यसैले त पन्धौं दिन¸ स्लाप डे भन्दै त्यही मनायो ।।

मन थाम्न सक्थ्यो किन¸ अघिल्लो दिन देखेछी तोरी ।
त्यस्ता कती मिल्छन् कती¸ भन्दै सोह्रौं किक डे भ्यायो ।।

अब अर्को खोज्नु परो¸ राम्रो चिटिक्क पर्नु परो ।
अत्तर छर्की गनाउने जिउमा¸ सत्रौं परफ्युम डे मनायो ।।

अठारौंमै पाईयो अर्को¸ सायद त्यो नि छोडिकी होली कसैले ।
फ्लरटिङ गर्दा गर्दै¸ उसै संग दिन त्यसै वितायो ।।

उन्नाईसौं दिन विउँझ्यो¸ गरेका गल्ती सबै सम्झ्यो ।
फेरी पहिलेकीलाई फकाउन पर्यो भनी¸ कन्फेस डे मनायो ।।

न फोन उठाउछे¸ न त भेट्न नै आउछे ।
बिसौं दिन उसलाई कुर्दा कुर्दै¸ मिसिङ डे मनायो ।।

कति कुर्नु कति फकाउनु¸ मन नै हो मेरो पनि ।
एक्साईसौ दिन अती भयो¸ छुट्टिएर बसौं भनी ।।
त्यस दिनलाई ब्रेकअप डे मनायो¸ त्यस दिनलाई ब्रेकअप डे मनायो ।।

२०६९/११/(२०१३/०२/१५)


फेब्रुअरी महिनामा पर्ने डेहरु


फेब्रुअरी ७ – रोज डे
फेब्रुअरी ८ – प्रोपोज डे
फेब्रुअरी ९ – चकलेट डे
फेब्रुअरी १० – टेडी डे
फेब्रुअरी ११ – प्रमिस डे
फेब्रुअरी १२ – किस डे
फेब्रुअरी १३ – हग डे
फेब्रुअरी १४ – भालेन्टाइन डे
फेब्रुअरी १५ – स्ल्याप डे
फेब्रुअरी १६ – किक डे
फेब्रुअरी १७ – परफ्युम डे
फेब्रुअरी १८ – फ्लरटिङ डे
फेब्रुअरी १९ – कन्फेस डे
फेब्रुअरी २० – मिसिङ डे
फेब्रुअरी २१ – ब्रेकअप डे

Sunday, November 18, 2012

हिजो र आज



बाँकी को ! रह्यो अब, घृणालाई नदेखने
सहमतिकै राग अलापी, समयलाई छेकने
आज भोली पर्सी भन्दै, जगतलाई ढाँटने
हिजो बोल्ने ! त्यही आज, कुरा आफ्नै काटने

उसले पायो, भनौं खायो, जनता अब जुर्मुरायो रे
मैले पाएँ, भनौं खाँए, जनता अब बहुलायो रे
उसलाई पर्दा, लाग्थ्यो मलाई, त्यो त ठिकै भयो पनि
मलाई पर्यो, लाग्छ अब, यो त अति भयो भनि

हिजो छानविन भयो कहीँ, न त बन्यो आयोग पनि
न त दु:ख पर्यो कहीँ, न त झर्यो आकाश बनी
आज छानविन हुन्छ अब बन्छ त्यो आयोग पनि
दु:ख पर्यो आकाश झर्यो जान्नु त्यो जाक्यो भनि

जान्नु त्यो जाक्यो भनि !
जान्नु त्यो जाक्यो भनि !!

२०६९//

Thursday, October 18, 2012

दशैं सकिन्छ भोली


असत्य माथी सत्य हाबी, भन्ने उखान सुनी मैले
जौ रोपी बालुवामा, जमरा आशा गरे ऐले
घडा भरी जल थापी, घटस्थापना गरी राखें
दुर्गा दाहिना पार्ने आशा, मनका यी आस्था भाके
दूर हुन्छन् मन पिर, दूर हुन्छन् आदि आदि
मिली एक जन सब सारा, हर्ष एक हुन्छन् साथी
एवं रितले शुद्ध मनमा, दशौं दिन रहने भाका
पूजा गरी नित्य दिनको, मान्छु अब शुद्ध सादा
आयो दशैं आयो दशैं, कोलाहल जन सब सारा
दौडधुप बढ्दै गए, भए बजार भीड मारम मारा
बच्चा मनले भन्न थाले, नयाँ चीज गन्न थाले
लेखिएका पातोहरु, एका एक बन्न थाले
लौ मार्यो लौ मार्यो, बन्ने सादा भए हावा
पोली खल्ती पोली मन, डुब्न थाले दु:ख मै सारा
देख्छु पुग्छ हुन्छ कसोरी, जोड घटाऊ मिले जसरी
धाऊ मै भयो धाऊ, खुल्न नसकी चर्के घाऊ
यता जाऊ उता जाऊ, छोपी पन्छी पिँजडा माऊ
छटपटीएं लागे गोली, रन्थनीएं गुहारे साहू
नखरा उन्का, भाका उन्का, साँऊ उन्का, ब्याज उन्का
हुन्छ हुन्छ, मात्र टाउको, हुन्छ हुन्छ, निक्ले बोली
गोली माथी गोली, गोली माथी गोली
दशैं सकिन्छ भोली, दशैं सकिन्छ भोली

Sunday, September 30, 2012

साहसी तिमी


कल्पनाको सागर भित्र पौडीएका आशहरु
कुरी बस्छन् छैन आश फर्किने ती सासहरु
जीवन धान्ने मात्र हैनन् साहसी ती हातहरु
सम्झना मै सीमित भे मीठा तिम्रा बातहरु

उढाएर कतै पारि लाने थिए नामहरु
थिए भरोसामै तिम्रा सकुसल ती नाथहरु
झरी गए उजाड ती भए काला रातहरु
भोर हुनेछैन अब लम्बिए ती साथहरु

जन जनले सम्झने छन् तिमीलाई सधैभरी
लायौ गुन बाँचे जन बचायौ ती कसोगरी
हेर्दा लाग्छ भाग्य थियो दुर्भाग्य भो घरीघरी
पुग्दा पुग्दै खरानी भो रोकिएन कसैगरी

के भो कुन्नी किन भो त्यो भन्छन् यहाँ थरीथरी
जे भो भयो गयौ गयो सबै थाहा तिमीलाई छनी
थाहै होला त्यही कुरा भोली जब हामीलाई पनि
नहुनु त्यो भयो गयो नहोस् अब कहिल्यै पनि