सुन सुन नानी हो म केही भन्छु ।
वितेका दिनको सवाही कहन्छु ।।
एक थिए राजा यहाँ एक थिईन रानी ।
घुम्न निस्के गाँऊघर घुम्ने यिनको बानी ।।
हात्ती घोडा
पालकीको लावा लस्कर साथ ।
गाँऊघरकै झुपडीमा बस्थे¸ मैना
एक रात ।।
विचरा ति गाँऊले घरका अब के गर्नु ।
अन्नपात छैन घराँ लाजलेनै मर्नु ।।
बल्ल बल्ल आका राजा खुवाउनै पर्यो खाजा ।
नत्र भोली के गर्ने हुन् बजाउने हुन् कि बाजा ।।
डरै डरले खुवाकै हुन् बस्न दिई बास ।
पहिले यिनले गरेकै हुन् काटी कुखुरा हाँस ।।
शहर¸ देशै भरी जनता गरि बस्छन्
आश ।
यिनीलाई छु मतलब त्यो¸ देशकै
भयो नास ।।
पहिले पहिले राजा हुँदा लाग्थ्यो¸ गर्लान
यिनले काम ।
अहिले पो त चाल पाईयो¸ आका
रैछन् कुम्ल्याउन दाम ।।
मितवेही देखाउने हात्तीको त्यो दाँत ।
महंगीले ढाड खुस्क्यो जलि सक्यो आँत ।।
गर्न नपाई मोज साथी यिनलाई छाडी भागे ।
हेर्दै जाऊ जनता तिमी¸
के गर्छन् यिनले आगे आगे ।।
4 comments:
हाहा मज्जाको लाग्यो :)
समय सापेक्ष्य,
धन्यवाद Jhaluck PauDell, Rabish
मज्जाको छ, हालत ठ्याक्कै बता'को छ :)
Post a Comment