Sunday, November 18, 2012

हिजो र आज



बाँकी को ! रह्यो अब, घृणालाई नदेखने
सहमतिकै राग अलापी, समयलाई छेकने
आज भोली पर्सी भन्दै, जगतलाई ढाँटने
हिजो बोल्ने ! त्यही आज, कुरा आफ्नै काटने

उसले पायो, भनौं खायो, जनता अब जुर्मुरायो रे
मैले पाएँ, भनौं खाँए, जनता अब बहुलायो रे
उसलाई पर्दा, लाग्थ्यो मलाई, त्यो त ठिकै भयो पनि
मलाई पर्यो, लाग्छ अब, यो त अति भयो भनि

हिजो छानविन भयो कहीँ, न त बन्यो आयोग पनि
न त दु:ख पर्यो कहीँ, न त झर्यो आकाश बनी
आज छानविन हुन्छ अब बन्छ त्यो आयोग पनि
दु:ख पर्यो आकाश झर्यो जान्नु त्यो जाक्यो भनि

जान्नु त्यो जाक्यो भनि !
जान्नु त्यो जाक्यो भनि !!

२०६९//

Thursday, October 18, 2012

दशैं सकिन्छ भोली


असत्य माथी सत्य हाबी, भन्ने उखान सुनी मैले
जौ रोपी बालुवामा, जमरा आशा गरे ऐले
घडा भरी जल थापी, घटस्थापना गरी राखें
दुर्गा दाहिना पार्ने आशा, मनका यी आस्था भाके
दूर हुन्छन् मन पिर, दूर हुन्छन् आदि आदि
मिली एक जन सब सारा, हर्ष एक हुन्छन् साथी
एवं रितले शुद्ध मनमा, दशौं दिन रहने भाका
पूजा गरी नित्य दिनको, मान्छु अब शुद्ध सादा
आयो दशैं आयो दशैं, कोलाहल जन सब सारा
दौडधुप बढ्दै गए, भए बजार भीड मारम मारा
बच्चा मनले भन्न थाले, नयाँ चीज गन्न थाले
लेखिएका पातोहरु, एका एक बन्न थाले
लौ मार्यो लौ मार्यो, बन्ने सादा भए हावा
पोली खल्ती पोली मन, डुब्न थाले दु:ख मै सारा
देख्छु पुग्छ हुन्छ कसोरी, जोड घटाऊ मिले जसरी
धाऊ मै भयो धाऊ, खुल्न नसकी चर्के घाऊ
यता जाऊ उता जाऊ, छोपी पन्छी पिँजडा माऊ
छटपटीएं लागे गोली, रन्थनीएं गुहारे साहू
नखरा उन्का, भाका उन्का, साँऊ उन्का, ब्याज उन्का
हुन्छ हुन्छ, मात्र टाउको, हुन्छ हुन्छ, निक्ले बोली
गोली माथी गोली, गोली माथी गोली
दशैं सकिन्छ भोली, दशैं सकिन्छ भोली

Sunday, September 30, 2012

साहसी तिमी


कल्पनाको सागर भित्र पौडीएका आशहरु
कुरी बस्छन् छैन आश फर्किने ती सासहरु
जीवन धान्ने मात्र हैनन् साहसी ती हातहरु
सम्झना मै सीमित भे मीठा तिम्रा बातहरु

उढाएर कतै पारि लाने थिए नामहरु
थिए भरोसामै तिम्रा सकुसल ती नाथहरु
झरी गए उजाड ती भए काला रातहरु
भोर हुनेछैन अब लम्बिए ती साथहरु

जन जनले सम्झने छन् तिमीलाई सधैभरी
लायौ गुन बाँचे जन बचायौ ती कसोगरी
हेर्दा लाग्छ भाग्य थियो दुर्भाग्य भो घरीघरी
पुग्दा पुग्दै खरानी भो रोकिएन कसैगरी

के भो कुन्नी किन भो त्यो भन्छन् यहाँ थरीथरी
जे भो भयो गयौ गयो सबै थाहा तिमीलाई छनी
थाहै होला त्यही कुरा भोली जब हामीलाई पनि
नहुनु त्यो भयो गयो नहोस् अब कहिल्यै पनि

Thursday, September 6, 2012

झण्डा


छोरोले नेपालको झण्डा बनायो
रातो र निलो रंग खनायो
चन्द्र बनायो¸ सुर्य बनायो
छोरोले नेपालको झण्डा बनायो

उसले कोर्दै गर्दा रेखाहरु
मन मेरो ढक्क फूलिगो
रातो र निलै रंग किन खनायो
चन्द्र र सुर्यै किन बनायो
सोच्न नपाउदै मैले केही
उसले वाक्य यस्तो बनायो
मलाई सबै भन्दा प्यारो लाग्छ¸ नेपालको झण्डा

म मन मनै भन्न थाले
केहिलाई लाग्दैन त्यो
सबै फेर्ने निहुँमा¸ कुनै दिन फेरिन्छ त्यो
अवोध बालकले फेरी अर्को झण्डा बनाउनु छ
अर्कै रंग खनाउनु छ
अर्कै चित्र बनाउनु छ

थाहा पाए सबै कुरा उसले मलाई सोध्ने थियो
बाबा झण्डा त हाम्रो राम्रै छ
सबै भन्दा अलग्गै छ
हेर्दा सबैका सामुन्ने चिन्न सबैलाई प्रष्टै छ
केहि गर्न नसके पनि देशले¸ यसैले देश चिनिएको छ
सबैलाई चकित पार्ने हाम्रो झण्डा¸ विशेष छ
बाबा किन फेर्न पर्यो ?
किन अर्कै रेखा कोर्नु पर्यो ?
किन अर्कै रंग भर्नु पर्यो ?
किन अर्कै चित्र बन्नु पर्यो ?

थाहा पाउन्न म मेरो झण्डा कैले देखि यस्तै छ
कस्कसले यसलाई बोके
कहाँ कहाँ यो पुग्यो
सायद बैरी संग लड्दा हाम्रा पुर्खा
यो झण्डा त्यही थियो
विरगती पाउँदा सपुत¸ त्यै झण्डा ओढेको थियो
ति सबैले अब अर्कै झण्डा ओढ्नु छ
फेरि विरगती पाउँनु छ
फेरि त्यो फहराउनु छ

छोरोले मलाई झक्झकायो
सोच्यो बाऊ किन टोहोलायो
एकै छिन हेरी मुहार मेरो
फेरि आफ्नै कापी समायो

हेर्नुहोस् त बुबा मैले बनाएको झण्डा
यसो मैले कापी हेरें
रातो¸ निलो¸ चन्द्र¸ सुर्य¸ तिन चोसे आकार त्यो
बोल्न नसकी हेर्दै थिए
उसैले फेरि मलाई बोलायो
भन्यो राम्रो छ हगी
मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा
………..

मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा

Sunday, August 26, 2012

तिम्रो हाँसो


कसै प्रति फिस्स हाँस्दा¸ प्रति उत्तर हाँसो ।
खिजाएकी हुन्की उनले¸ रमाएकी हाँसो ।।
यो मनले जे नै सोच्छ¸ त्यही लाग्छ हाँसो ।
ऐना भरी छरिएको बिम्ब¸ हो की हाँसो ।।

मन मेरो पंख हाल्छ¸ रमाएकी हाँसो ।
कल्पनाकी सागर डुल्छ¸ प्रति उत्तर हाँसो ।।
जे नै सोच्छु त्यो नै पाउछु¸ देखि तिम्रो हाँसो ।
संसार भुल्छु युद्ध जित्छु¸ हुन्डरी त्यो हाँसो ।।

संगै हुँदा कोही अरु, पाउछु त्यही हाँसो ।
निस्वार्थ नै हो की लाग्छ¸ कहिले तिम्रो हाँसो ।।
कहिले लाग्छ फेरी हैन¸ केही छ त्यो हाँसो ।
पुरुषको हृदय यो¸ झङ्कारीत पार्छ तिम्रो हाँसो ।।
पुरुषको हृदय यो¸ झङ्कारीत पार्छ तिम्रो हाँसो ।।

Friday, August 24, 2012

हुदैन समाधान


हुदैन समाधान कान्छी¸ समस्या संग भागेर ।
कतिन्जेल पुग्छ तिमीलाई¸ अरु संग मागेर ।।
सोह्र बर्षे जोवन तिम्रो¸ जबान बन्ने उमेर भो ।
बच्चै रहन्छु जिवन भर ठान्यौ¸ उमेरले कहाँ ठान्ने हो ।।

उफ्फ! तिम्रा नखरा हेर्दा¸ लाग्छ तिमी धन्य छ्यौ ।
बालक बबुरा धेरै ल्यायौ¸ भन्छेउ तिमी एक छ्यौ ।।
लालाबाला एकै नाशका¸ कहाँ पो त हुन्छन् र ।
सोच्लान तिनले तिम्रै लागि¸ सोच सबको फरक छ ।।

एकदुईले गलत भन्लान¸ गलत त्यहीँ हुन्छ र ?
हजारले सही भन्लान¸ गलत सही हुन्छ र ?
छोडी जालान सन्तान तिम्रा¸ माया कहाँ छुट्छ र ।
दु:ख पर्दा कुनै दिन¸ मन त तिनको दुख्छ त ।।

सबै कुरा बुझने तिमी¸ देखिन्छ सबै पचाकी छौ ।
लाज लाग्छ देख्दा तिमीलाई¸ लाज कता बचाकी छौ ?
आगन एउटै साझा हैन¸ साझा तिमीले बनाकी छ्यौ ?
सबै प्रष्ट पार्छु भन्थेऊ¸ के प्रष्ट तिमीले पारेकी छ्यौ ?

Thursday, July 26, 2012

घरवेटी म


एका विहानै ढकढकाई ढोका मेरा
निन्द्रा खल्बलाउने बहाना खेज्ने डेरा
आए महापुरुष बोकी झोली तुम्बा सारा
सुनी कुरा घरवेटी म¸ चढे मेरा पारा

सोध्छन्¸ घरवेटी बा डेरा छ
पानी¸ विजुली¸ मलमूत्र त्याग्ने कस्तो व्यवश्था छ
राती अबेरै आउने - मेरा काम छ
ढोका खोल्न तपाईलाई कुनै अप्ठेरो छ

छक्क परे¸ अक्क न बक्क परे
तल देखि माथी सम्म एक नजर भरे
कानमा मुद्रा सायद ति सुनकै परे

मुसा नाके जुत्तामा¸ हात्ती काने झुण्ड्याछन्
जगल्टे ति कपाल अनि चुस्स दाह्री उम्र्याछन्
हातको मोबाइल¸ कानमै टाँसी अट्टहाँसमा हाँस्या छन्

भो भो डार्लीङ कुरा मै छु¸ केही क्षण मै भेटुला
हातको झोला कहाँ राखु¸ तपाईलाई अप्ठेरो भयो होला

झस्किए हातमा मेरा झोला छन्¸ म बाहिर उ भित्र छ
मानौ म डेरावाल उ घरवेटी बनेको छ
पैसोको त कुरै छैन लाग्छ उस्को त्यो घरै छ

ढुङ्गा¸ पानी माटो जोडी बनाए घर रहरले
साना नानी सानै नै थे¸ माटो मुस्थे रहरले
बसौंला संग संगै भनी जोडे¸ कत्ती रगत पसिना गए
साना अब ठुला भए छोडी घर अन्तै गए

दुई बुढाबुढीलाई कोठै कोठा धेरै भए
स्रोत खान नै चाहियो¸ महिनामा दुईचार सये
घरवेटी म डेरा त दिनै पर्यो
मान्छे त केही राख्नै पर्यो
समस्या सबैका छन्¸ समस्या त सुन्नै पर्यो

सबैका सुन्दा सुन्दै मेरा अब कसले सुन्ने

उसलाई लाग्छ उ बस्देर मलाई मात्र उपकार छ
लाग्छ मलाई बस्नदेर उस् माथी उपकार छ

सबै हेर्दा सबै बुझ्दा¸ डेरावाल तिमी घरवेटी म
सबै हेर्दा सबै बुझ्दा¸ डेरावाल तिमी घरवेटी म

Thursday, July 19, 2012

पूर्वबाट घाम झुल्कि


पूर्वबाट घाम झुल्कि¸ पश्चिम पुग्ने भो ।
लाली पोती हिड्ने नानी तिम्लाई धाम्ने हो ।।
#यो……………. ज्यानले

ककस्लाई देखाउने कस्ले हेर्ने हो ।
पोखिएको जवानी त्यो कसले बेर्नी हो ।।
#अं……………. गालोमा¸

बस्त्र छन् अनेक के पो ढाक्ने हो ।
त्यै अस्त्रले अब यहाँ कस्लाई ढाल्ने हो ।।
#यो……………. संसारमा

घायलका संख्या बढी मृगी नयन ले ।
चैन दिलका लुटिने भो तिम्रा नयनले ।।
#लौ……………. ननी त्यो

तिम्रै पक्ष लागि बोल्छन् सारा जगत ले ।
शान्ति साथ नबस्ने भे हाम्रा नगत ले ।।
#यो……………. दुनियाँ मा

Monday, July 16, 2012

सुन सुन नानी हो म केही भन्छु


सुन सुन नानी हो म केही भन्छु ।
वितेका दिनको सवाही कहन्छु ।।

एक थिए राजा यहाँ एक थिईन रानी ।
घुम्न निस्के गाँऊघर घुम्ने यिनको बानी ।।

हात्ती  घोडा पालकीको लावा लस्कर साथ ।
गाँऊघरकै झुपडीमा बस्थे¸ मैना एक रात ।।

विचरा ति गाँऊले घरका अब के गर्नु ।
अन्नपात छैन घराँ लाजलेनै मर्नु ।।

बल्ल बल्ल आका राजा खुवाउनै पर्यो खाजा ।
नत्र भोली के गर्ने हुन् बजाउने हुन् कि बाजा ।।

डरै डरले खुवाकै हुन् बस्न दिई बास ।
पहिले यिनले गरेकै हुन् काटी कुखुरा हाँस ।।

शहर¸ देशै भरी जनता गरि बस्छन् आश ।
यिनीलाई छु मतलब त्यो¸ देशकै भयो नास ।।

पहिले पहिले राजा हुँदा लाग्थ्यो¸ गर्लान यिनले काम ।
अहिले पो त चाल पाईयो¸ आका रैछन् कुम्ल्याउन दाम ।।

मितवेही देखाउने हात्तीको त्यो दाँत ।
महंगीले ढाड खुस्क्यो जलि सक्यो आँत ।।

गर्न नपाई मोज साथी यिनलाई छाडी भागे ।
हेर्दै जाऊ जनता तिमी¸ के गर्छन् यिनले आगे आगे ।।