Thursday, October 18, 2012

दशैं सकिन्छ भोली


असत्य माथी सत्य हाबी, भन्ने उखान सुनी मैले
जौ रोपी बालुवामा, जमरा आशा गरे ऐले
घडा भरी जल थापी, घटस्थापना गरी राखें
दुर्गा दाहिना पार्ने आशा, मनका यी आस्था भाके
दूर हुन्छन् मन पिर, दूर हुन्छन् आदि आदि
मिली एक जन सब सारा, हर्ष एक हुन्छन् साथी
एवं रितले शुद्ध मनमा, दशौं दिन रहने भाका
पूजा गरी नित्य दिनको, मान्छु अब शुद्ध सादा
आयो दशैं आयो दशैं, कोलाहल जन सब सारा
दौडधुप बढ्दै गए, भए बजार भीड मारम मारा
बच्चा मनले भन्न थाले, नयाँ चीज गन्न थाले
लेखिएका पातोहरु, एका एक बन्न थाले
लौ मार्यो लौ मार्यो, बन्ने सादा भए हावा
पोली खल्ती पोली मन, डुब्न थाले दु:ख मै सारा
देख्छु पुग्छ हुन्छ कसोरी, जोड घटाऊ मिले जसरी
धाऊ मै भयो धाऊ, खुल्न नसकी चर्के घाऊ
यता जाऊ उता जाऊ, छोपी पन्छी पिँजडा माऊ
छटपटीएं लागे गोली, रन्थनीएं गुहारे साहू
नखरा उन्का, भाका उन्का, साँऊ उन्का, ब्याज उन्का
हुन्छ हुन्छ, मात्र टाउको, हुन्छ हुन्छ, निक्ले बोली
गोली माथी गोली, गोली माथी गोली
दशैं सकिन्छ भोली, दशैं सकिन्छ भोली