टुईटियो, टुईटियो
त्यो नै रिटुईट भो
तोकियो, ठोकियो
जब त्यो कसैमा, भएर मेन्सन जो
जो मनमा बस्यो,
बस्यो,
केवल त्यो हो है भई फेब्रेट
लुकाई जसलाई भन्यो,
भन्यो,
जसले भई अब डाईरेक
लुकाई न जो भनिन्छ मनका,
देखिन्छ टुईट यो
सबैले हेर्न पाउछ अबत, भएर म पब्लिक
हैन है नहेर सबले, मै छु भई प्राईभेट
लेखेकी कसैले नयाँ नै अबत,
कुरीन्छ टाईम लाईन जो
---
मोहनी मन्तर यो
काटिन्छ दिन त्यो कसरी भन लौ
नगरी टुईट जो
हो यो दशा जो
पाईछु तन्त्र यो
पल पल याद आउछ मनमा
झस्किन्छु सम्झेर त्यो
म त लौ, मेटिन्न प्यास त्यो
अनि के गरे र गरु लौ,
कटेन जो रात यो
खोलेर कम्पुटर
बिर्सी सब थोक टुक्टुक्याउ छु
अब लौ,
कराई रहुन जो
खाई, हेरी
सुनी रहेछु पो
भने र मन लौ
गरिने टुईट त्यो
बेचिन्छ मन लौ
किनिन्छ जन लौ
गरेर टुईट यो
बेचिन्छ मन लौ
किनिन्छ जन लौ
गरेर टुईट यो