Tuesday, August 16, 2011

मर्ने दिन बरु थहा भैदे हुन्थ्यो

मर्ने दिन बरु थहा भैदे हुन्थ्यो

म आफैलाई मसानमा पुर्याउथे

कात्रोमा बेरी जिर्ण शरिरलाई

म आफैलाई आफ्नो चितामा सुताउथें


मलामी बनि आफ्नो लाशको

म मसान घाट भरि कराउथें

दाग बत्ती दिई आफैले

अस्तुलाई मेरो गंगामा सेलाउथे


किरिया बसि आफ्नै आत्माको

कहिल्यै नफर्कने किरिया खुवाउथें

१३औं दिन आफ्नो सबै डाकी

आत्मालाई आफ्नो शुध्द गराउथे


मर्ने दिन बरु थहा भैदे हुन्थ्यो

म आफैलाई आफै मसानमा पुर्याउथे

No comments: