Monday, August 22, 2011

सत्य मै अडेको यो जिन्दगी आज

सत्य मै अडेको यो जिन्दगी आज

सत्य नै अब डगमगाउन खोज्छ

धारीलो नजर नलगाउ म मा

मेरो सत्य बहकाउन खोज्छ


कति रात मैले आफैलाई सम्हाले

कति पल आफै सम्हालिदै फाले

कर्के नजरले न बोलाऊ मलाई

इच्छा मनैमा सल्बलाउन खोज्छ


चिरकुमार बनेकै म ठिक छ

यहाँबाट मलाई तल नझार

ओठमा लाली नपोत साथी

आफैमा भ्रम फुल्न खोज्छ

2 comments:

latasa said...

I like this blog.I am also nepali. The writer expresses his experience gently.I would like to see more in the coming days .
gift ideas

Sushil said...


tour in nepal

tapaiko kabita ta dami chha
jiwan yastai rahechha