Tuesday, August 9, 2011

कालोमा सेतो राम्रो जङ्गी साँडे हाम्रो



कालोमा सेतो राम्रो जङ्गी साँडे हाम्रो

सिक्क्री नै अब ल्याउछु चुडाल्यो यसले दाम्लो

बलियोमा यो बलियो ६०१ किलो

जन्मेको बर्षौ भयो कस्तो हिड्छ ढिलो


बाँ बाँ गर्न छाडी गर्छ ३०१

देखेर यसलाई भयो अब मलाई उदेक

छिमेकीकै पिठो खाने लाग्छ कस्तो भोक

उसैलाई हान्न खोज्छ अब यसलाई रोक


यो जन्मदै गाँऊमा कति बहार आए

कति यहाँ नाचे कतिले कराए

जो जो चहान्थे साँडे आफ्नै यो गाँऊमा

तिनीहरुनै थाके देखेर यसको करम


आफैमा यो नराम्रो हैन है मेरो साँडे

जे जति भयो, गर्यो गोठालाले नै भाँडे

जे मागे पनि दिन्छ छैन के यसले नदिने

जे जति दियो यसले गोठालाले नै लिए

No comments: