Wednesday, August 17, 2011

थुनेर ढोका नबस तिमी मै आउने बेलामा

थुनेर ढोका नबस तिमी मै आउने बेलामा

लाएको माया ओइलाई दियो गाँउ खेत मेलामा

झेलानै मैले के गरे कुन्नी सम्झन सकिन

नजानी माने गलती मेरो मै भन्न सकिन


रुवाई तिमीले मलाई सधैं कसरी हाँसौली

देखेरै मलाई दुखे मन तिम्रो कसरी बाँचौली

भो अब भैगो के भनु मैले मैलाई जानिनौ

धेरै नै पुकार गरेको मैले पुकार मानिनौ


हात जोडी मैले गरे है विन्ती कमजोरी नठान

नभई गल्ती स्वकारे मैले बेमानी नमान

सोचेको तिम्ले जो थियो हिजो सोचेको पाईनौ

मै आज बद्ले भनेकी तिम्ले मैलाई जानिनौ

No comments: