Monday, August 15, 2011

पहिलो पहिलो त्यो तिम्रो बोलीले

पहिलो पहिलो त्यो तिम्रो बोलीले

मखै पार्यो त्यो तिम्रो चोलीले

होशै उड्ने भो

बारुले कम्बरले मुटु फोड्ने भो


ओठ भरि पोतेको लालीले

मखै पार्यो त्यो तिम्रो सारीले

होशै उड्ने भो

गाँजलु आँखाले ज्यानै चुड्ने भो


कालो लामो त्यो तिम्रो केशले

मखै पार्यो त्यो तिम्रो भेषले

होशै उड्ने भो

स्याऊ झैँ गालाले मनै तोड्ने भो


लौन लौन के गरु भनन

त्यो रुपको के गरु वर्णन

होशै उड्ने भो

मायालु भाकाले तनै जोड्ने भो

No comments: