Friday, February 15, 2013

फेब्रुअरी महिनामा पर्ने डेहरु


फेब्रुअरी महिना आयो¸ यो मन हर्ष साथै उमङ्ग्यायो ।
प्रिती गाँसने प्रिती तोड्ने¸ यहि महिनाले दिन ल्यायो ।।

कुरी बसेँ छैठौं दिन¸ सातौं दिन रोज डे आयो ।
गुलाफको फूल चुँडी¸ मायालुलाई दिन पायो ।।

माया गर्छु सधै सधै¸ आठौं प्रोपोज गर्न भ्यायो ।
संसारकी एक्ली तिमी¸ सबै जिते जस्तो लाग्यो ।।

नवौं दिन चकलेट डे भन्दै¸  मिठा मिठा चकलेट ल्यायो ।
मायालुलाई छेवैमा राखी¸ आफु खायो उसलाई खुवायो ।।

रमाई राखुन राती पनि¸ साथै राखुन संगै भनी ।
दशौं दिन टेडी दिई¸ टेडी डे मै दिन वितायो ।।

एघारौंमा सबै भुली¸ भए नभएका कसम खायो ।
त्यसैले त त्यो दिनलाई¸ प्रोमिस डे भनि त्यै मनायो ।।

सबै गरे सबै भने¸ छेउमै छिन् मायालु पनि ।
बाह्रौं दिन सारै भयो¸ किस डे भनी च्वाप्प मुई खायो ।।

टाडैबाट खाको मुई¸ अली नजिक जानु पर्यो ।
अंगालोमा बाँधि उनलाई¸ तह्रौं हग डे भन्न भ्यायो ।।

चौधौँ भालेन्टाईन भनी¸ गर्नु नगर्नु गर्न भ्यायो ।
दिन भरि विताएर¸ राती छुटिई घर पठायो ।।

के के भयो अधिल्लो दिन¸ भोली पल्ट तिरमिरायो ।
ना ना थरी सम्झी मन¸ त्यसै त्यसै मन् डरायो ।।
फोन गर्दा नउठेसी¸ स्वयम गई गाला चटकायो ।
त्यसैले त पन्धौं दिन¸ स्लाप डे भन्दै त्यही मनायो ।।

मन थाम्न सक्थ्यो किन¸ अघिल्लो दिन देखेछी तोरी ।
त्यस्ता कती मिल्छन् कती¸ भन्दै सोह्रौं किक डे भ्यायो ।।

अब अर्को खोज्नु परो¸ राम्रो चिटिक्क पर्नु परो ।
अत्तर छर्की गनाउने जिउमा¸ सत्रौं परफ्युम डे मनायो ।।

अठारौंमै पाईयो अर्को¸ सायद त्यो नि छोडिकी होली कसैले ।
फ्लरटिङ गर्दा गर्दै¸ उसै संग दिन त्यसै वितायो ।।

उन्नाईसौं दिन विउँझ्यो¸ गरेका गल्ती सबै सम्झ्यो ।
फेरी पहिलेकीलाई फकाउन पर्यो भनी¸ कन्फेस डे मनायो ।।

न फोन उठाउछे¸ न त भेट्न नै आउछे ।
बिसौं दिन उसलाई कुर्दा कुर्दै¸ मिसिङ डे मनायो ।।

कति कुर्नु कति फकाउनु¸ मन नै हो मेरो पनि ।
एक्साईसौ दिन अती भयो¸ छुट्टिएर बसौं भनी ।।
त्यस दिनलाई ब्रेकअप डे मनायो¸ त्यस दिनलाई ब्रेकअप डे मनायो ।।

२०६९/११/(२०१३/०२/१५)


फेब्रुअरी महिनामा पर्ने डेहरु


फेब्रुअरी ७ – रोज डे
फेब्रुअरी ८ – प्रोपोज डे
फेब्रुअरी ९ – चकलेट डे
फेब्रुअरी १० – टेडी डे
फेब्रुअरी ११ – प्रमिस डे
फेब्रुअरी १२ – किस डे
फेब्रुअरी १३ – हग डे
फेब्रुअरी १४ – भालेन्टाइन डे
फेब्रुअरी १५ – स्ल्याप डे
फेब्रुअरी १६ – किक डे
फेब्रुअरी १७ – परफ्युम डे
फेब्रुअरी १८ – फ्लरटिङ डे
फेब्रुअरी १९ – कन्फेस डे
फेब्रुअरी २० – मिसिङ डे
फेब्रुअरी २१ – ब्रेकअप डे