Monday, August 29, 2011

टुईट पुराण

टुईटियो, टुईटियो

त्यो नै रिटुईट भो

तोकियो, ठोकियो

जब त्यो कसैमा, भएर मेन्सन जो

जो मनमा बस्यो,

बस्यो,

केवल त्यो हो है भई फेब्रेट

लुकाई जसलाई भन्यो,

भन्यो,

जसले भई अब डाईरेक

लुकाई न जो भनिन्छ मनका,

देखिन्छ टुईट यो

सबैले हेर्न पाउछ अबत, भएर म पब्लिक

हैन है नहेर सबले, मै छु भई प्राईभेट

लेखेकी कसैले नयाँ नै अबत,

कुरीन्छ टाईम लाईन जो

---

बनाई जसले पारे छ बसमा

मोहनी मन्तर यो

काटिन्छ दिन त्यो कसरी भन लौ

नगरी टुईट जो

नशा नै लाग्यो या

हो यो दशा जो

पाईछु तन्त्र यो

पल पल याद आउछ मनमा

झस्किन्छु सम्झेर त्यो

मोबाईलले पनि टुक्टुक्याउ छु

म त लौ, मेटिन्न प्यास त्यो

अनि के गरे र गरु लौ,

कटेन जो रात यो

उठि बसें, बसेर उठे लौ

खोलेर कम्पुटर

बिर्सी सब थोक टुक्टुक्याउ छु

अब लौ,

कराई रहुन जो

हिडी रहेछु

खाई, हेरी

सुनी रहेछु पो

के यै हो

भने र मन लौ

गरिने टुईट त्यो

अन्तत :

बेचिन्छ मन लौ

किनिन्छ जन लौ

गरेर टुईट यो


बेचिन्छ मन लौ

किनिन्छ जन लौ

गरेर टुईट यो

Wednesday, August 24, 2011

उठे जन बास फेरि पाउन मुस्किल हो

अखवार हेरि मन फेरि झन तरल भो

सहमतिको बन्ने आशा छैन सरल यो

क्षितिज हो मिल्ने विन्दु दुई किनार को

भेट्न त्यो खोज्नु भयो तृष्णा मृग जो


आफ्नै भए मिल्छ सब साथी बहार यो

नभैदिए आफ्ना सब भए उजाड जो

बदली स्थान हेरि सधै खोज्ने पाउन त्यो

बदली दिए हुन्छ मन भई नरम जो


बोल्न जान्ने दुई चार छन् धेरै मूक हो

स्थीर जो देखिन्छ यो संकेत आँधी को

भो लौ पुग्यो कुरी बस्ने बेला अबेर भो

उठे जन बास फेरि पाउन मुस्किल हो


उठे जन बास फेरि पाउन मुस्किल हो

Tuesday, August 23, 2011

रजनीकी ज्योत्सना तिमी

रजनीकी ज्योत्सना तिमी

मेरा लागि संसार भरी

नेकी थियौ मेरा लागि

नभको शुभ्र तारा सरी


रणभुमीमा बैरी काटी रहेको म

तिम्रै नाँऊ छातीमा राखी बाँचेको म

अनायस झस्कन्छु तिमीलाई सम्झन्छु

आफ्नै बैरी सामुन्ने तिमीलाई नै देख्दछु


किन भन, किन भन मेरै बैरी भयौ किन

मत सधै सधै भरी तिमीलाई पछ्याउथें

तिमीलाई नै मैले आफ्नो बहना बनाउथे

मेरो नाउ भुमरीमा पारी छोडी गयौं किन

किन किन मलाई एक्लै पारी गयौ भन किन

Monday, August 22, 2011

सत्य मै अडेको यो जिन्दगी आज

सत्य मै अडेको यो जिन्दगी आज

सत्य नै अब डगमगाउन खोज्छ

धारीलो नजर नलगाउ म मा

मेरो सत्य बहकाउन खोज्छ


कति रात मैले आफैलाई सम्हाले

कति पल आफै सम्हालिदै फाले

कर्के नजरले न बोलाऊ मलाई

इच्छा मनैमा सल्बलाउन खोज्छ


चिरकुमार बनेकै म ठिक छ

यहाँबाट मलाई तल नझार

ओठमा लाली नपोत साथी

आफैमा भ्रम फुल्न खोज्छ

Friday, August 19, 2011

Facebook, Twitter, सबै पढे

Facebook, Twitter, सबै पढे

टेलिभिजन, FM हेरे सुने

टेलिफोन गर्न खोजे अनी

E-mail बाट सोध्न खोजे

तर पनि तिम्रो खवर

कही पनि आएन

तिम्रो जवाफ कही पनि

कहि पनि पाईन

ज्यानलाई तिम्रो अरामै छ

ज्यानलाई मेरो छ कि छैन

सके सम्म गरि सके

भए जति भनि सके

रिसाउछेऊ सधैं भरि

फकाऊ म कसो गरि

यत्रा दिन विती गए

तिता पन रित्ती गए

तर पनि रित्ती एन

किन प्रिय भन किन

फोनैमा हुन्छेऊ सधै

बोल्दिनौ प्रिय किन

चिठ्ठी पनि फर्काउदै

हुलाकीलाई हप्काऊ छेऊ

विचरा ऊ निरिह छ

कामै उस्को त्यही नै छ

तर पनि बुझ्दिनौ

सधैं भरि रिसाउछेउ

भन प्रिय भन

केहि त तिमी भन

भन प्रिय भन

केहि त तिमी भन

Thursday, August 18, 2011

मौसमले दियो साथ

मौसमले दियो साथ

त्यो हातले दियो हात

मन मेरो झुम्नै बाँकी छ

मन मेरो झुम्नै बाँकी छ


मिठामा मिठा बात

वित्ने ति हाम्रा रात

विहानी हुनै बाँकी छ

विहानी हुनै बाँकी छ


नमानी देऊ लाज

फुकाई बनधन आज

सम्झना बन्नै बाँकी छ

सम्झना बन्नै बाँकी छ


कुरी बसेका पल

नगरी देऊ खल

चिनारी बन्नै बाँकी छ

चिनारी बन्नै बाँकी छ

Wednesday, August 17, 2011

थुनेर ढोका नबस तिमी मै आउने बेलामा

थुनेर ढोका नबस तिमी मै आउने बेलामा

लाएको माया ओइलाई दियो गाँउ खेत मेलामा

झेलानै मैले के गरे कुन्नी सम्झन सकिन

नजानी माने गलती मेरो मै भन्न सकिन


रुवाई तिमीले मलाई सधैं कसरी हाँसौली

देखेरै मलाई दुखे मन तिम्रो कसरी बाँचौली

भो अब भैगो के भनु मैले मैलाई जानिनौ

धेरै नै पुकार गरेको मैले पुकार मानिनौ


हात जोडी मैले गरे है विन्ती कमजोरी नठान

नभई गल्ती स्वकारे मैले बेमानी नमान

सोचेको तिम्ले जो थियो हिजो सोचेको पाईनौ

मै आज बद्ले भनेकी तिम्ले मैलाई जानिनौ

Tuesday, August 16, 2011

मर्ने दिन बरु थहा भैदे हुन्थ्यो

मर्ने दिन बरु थहा भैदे हुन्थ्यो

म आफैलाई मसानमा पुर्याउथे

कात्रोमा बेरी जिर्ण शरिरलाई

म आफैलाई आफ्नो चितामा सुताउथें


मलामी बनि आफ्नो लाशको

म मसान घाट भरि कराउथें

दाग बत्ती दिई आफैले

अस्तुलाई मेरो गंगामा सेलाउथे


किरिया बसि आफ्नै आत्माको

कहिल्यै नफर्कने किरिया खुवाउथें

१३औं दिन आफ्नो सबै डाकी

आत्मालाई आफ्नो शुध्द गराउथे


मर्ने दिन बरु थहा भैदे हुन्थ्यो

म आफैलाई आफै मसानमा पुर्याउथे

Monday, August 15, 2011

कर्के नजर नलाऊ फेरि मोहनी लागला

कर्के नजर नलाऊ फेरि मोहनी लागला

हर पल त्यो मनमा फेरि पिरती जागला

यो त एउटा नशानै हो छुटाउदा न छुटने

दिनको चैन रातको निन्द्रा सबै नै लुटने


कुतकुतिन्छ हेर फेरि मन यो लागेछी

सम्हाले र सम्हिलन्न नि तब यो जागेछी

जोरिपारी हाँस्छन् फेरि कुरा काटदै

नयाँ नयाँ नौला नौला फुर्का गाँसदै


सधैं भरि अँगालोमै बेरिन मन लागला

भोक शोक सधै सधैलाई भागला

भन्नु मेरो कर्तव्य हो तिमीले जान है

बेला छदै होशमा आऊ भन्या मान है

पहिलो पहिलो त्यो तिम्रो बोलीले

पहिलो पहिलो त्यो तिम्रो बोलीले

मखै पार्यो त्यो तिम्रो चोलीले

होशै उड्ने भो

बारुले कम्बरले मुटु फोड्ने भो


ओठ भरि पोतेको लालीले

मखै पार्यो त्यो तिम्रो सारीले

होशै उड्ने भो

गाँजलु आँखाले ज्यानै चुड्ने भो


कालो लामो त्यो तिम्रो केशले

मखै पार्यो त्यो तिम्रो भेषले

होशै उड्ने भो

स्याऊ झैँ गालाले मनै तोड्ने भो


लौन लौन के गरु भनन

त्यो रुपको के गरु वर्णन

होशै उड्ने भो

मायालु भाकाले तनै जोड्ने भो

Sunday, August 14, 2011

कुरकुरे बैसमा

कुरकुरे बैसमा नमातिने को छर

हजारौ मातिन्छन् म एक को होर

रिसाउनै पर्ने त्यो मबाट के भोर

आँखानै त, झिम्काए आत्तिनु के छर


अँगालोनै त, हालेनी न हाल्ने को छर

हातनै , समाएनी डराउनु नै के छर

बाटोमा हिड्दैमा बोलाउनु के भोर

गालामा चुम्दैमा आत्तिनु के छर


तिमीलाई बैसको कुनै ख्याल छैनकी

आफैमा नदबाऊ वसमा त्यो छैननी

जे हुन्छ हुन देऊ यसलाई अब नरोक

आऊ है आएँ म मलाई अब नछेक

चुमे र हेर

चुमे र हेर यि गाला मेरा रसिलै पाउने छेऊ

फेरि मा फेरि धाई माथी धाई धाएरै आउने छेऊ


हँसिलो मुहार कसिलो जिऊ स्वर्ग नै विर्साउने

भुलेको छैन त्यो हाम्रो मिलन प्यासलाई मेटाउने


कमाई खाने यि हात मेरा सल्बलाई रहेछन्

नपाउदा तिमी न आउदा तिमी छट्पटाई रहेछन्


हुन त तिम्रा मजबुरी आफ्नै मिलाई आउ है

आउदा ढिलै भएनी प्रिय कुर्ने छु धेरै नै

Thursday, August 11, 2011

तिमीले भुल्यौ मैले भुले

तिमीले भुल्यौ मैले भुले

हामी दुईले दुईलाई भुल्यौ

भुलिनी यो होड भुली

मैले भुले तिमीले भुल्यौं

नभुलने कुरा भुली

संगै बाच्ने बाचा भुल्यौ

मिलनका दिन भुली

पल पलका पल भुल्यौ

आई रहने याद भुली

विताएका साथ भुल्यौ

तिमीले भुल्यौ मैले भुले

हामी दुईले दुईलाई भुल्यौ

रंगिएका साँझ भुली

मिठा मिठा बात भुल्यौ

अतितका याद भुली

रमाईला रात भुल्यौ

भुल भयो मैले भुले

सम्झी बस्ने तिमीले भुल्यौ

केही क्षण मैले भुल्दा

कुरी बस्ने तिमीले भुल्यौ

न तिमीले तिमीलाई भुल्यौ

न मैले मैलाई भुले

यो भुलीने होडमा

हामी दुईले दुईलाई भुल्यौ

यो भुलीने होडमा

हामी दुईले दुईलाई भुल्यौ

Tuesday, August 9, 2011

कालोमा सेतो राम्रो जङ्गी साँडे हाम्रो



कालोमा सेतो राम्रो जङ्गी साँडे हाम्रो

सिक्क्री नै अब ल्याउछु चुडाल्यो यसले दाम्लो

बलियोमा यो बलियो ६०१ किलो

जन्मेको बर्षौ भयो कस्तो हिड्छ ढिलो


बाँ बाँ गर्न छाडी गर्छ ३०१

देखेर यसलाई भयो अब मलाई उदेक

छिमेकीकै पिठो खाने लाग्छ कस्तो भोक

उसैलाई हान्न खोज्छ अब यसलाई रोक


यो जन्मदै गाँऊमा कति बहार आए

कति यहाँ नाचे कतिले कराए

जो जो चहान्थे साँडे आफ्नै यो गाँऊमा

तिनीहरुनै थाके देखेर यसको करम


आफैमा यो नराम्रो हैन है मेरो साँडे

जे जति भयो, गर्यो गोठालाले नै भाँडे

जे मागे पनि दिन्छ छैन के यसले नदिने

जे जति दियो यसले गोठालाले नै लिए