Sunday, September 30, 2012

साहसी तिमी


कल्पनाको सागर भित्र पौडीएका आशहरु
कुरी बस्छन् छैन आश फर्किने ती सासहरु
जीवन धान्ने मात्र हैनन् साहसी ती हातहरु
सम्झना मै सीमित भे मीठा तिम्रा बातहरु

उढाएर कतै पारि लाने थिए नामहरु
थिए भरोसामै तिम्रा सकुसल ती नाथहरु
झरी गए उजाड ती भए काला रातहरु
भोर हुनेछैन अब लम्बिए ती साथहरु

जन जनले सम्झने छन् तिमीलाई सधैभरी
लायौ गुन बाँचे जन बचायौ ती कसोगरी
हेर्दा लाग्छ भाग्य थियो दुर्भाग्य भो घरीघरी
पुग्दा पुग्दै खरानी भो रोकिएन कसैगरी

के भो कुन्नी किन भो त्यो भन्छन् यहाँ थरीथरी
जे भो भयो गयौ गयो सबै थाहा तिमीलाई छनी
थाहै होला त्यही कुरा भोली जब हामीलाई पनि
नहुनु त्यो भयो गयो नहोस् अब कहिल्यै पनि

Thursday, September 6, 2012

झण्डा


छोरोले नेपालको झण्डा बनायो
रातो र निलो रंग खनायो
चन्द्र बनायो¸ सुर्य बनायो
छोरोले नेपालको झण्डा बनायो

उसले कोर्दै गर्दा रेखाहरु
मन मेरो ढक्क फूलिगो
रातो र निलै रंग किन खनायो
चन्द्र र सुर्यै किन बनायो
सोच्न नपाउदै मैले केही
उसले वाक्य यस्तो बनायो
मलाई सबै भन्दा प्यारो लाग्छ¸ नेपालको झण्डा

म मन मनै भन्न थाले
केहिलाई लाग्दैन त्यो
सबै फेर्ने निहुँमा¸ कुनै दिन फेरिन्छ त्यो
अवोध बालकले फेरी अर्को झण्डा बनाउनु छ
अर्कै रंग खनाउनु छ
अर्कै चित्र बनाउनु छ

थाहा पाए सबै कुरा उसले मलाई सोध्ने थियो
बाबा झण्डा त हाम्रो राम्रै छ
सबै भन्दा अलग्गै छ
हेर्दा सबैका सामुन्ने चिन्न सबैलाई प्रष्टै छ
केहि गर्न नसके पनि देशले¸ यसैले देश चिनिएको छ
सबैलाई चकित पार्ने हाम्रो झण्डा¸ विशेष छ
बाबा किन फेर्न पर्यो ?
किन अर्कै रेखा कोर्नु पर्यो ?
किन अर्कै रंग भर्नु पर्यो ?
किन अर्कै चित्र बन्नु पर्यो ?

थाहा पाउन्न म मेरो झण्डा कैले देखि यस्तै छ
कस्कसले यसलाई बोके
कहाँ कहाँ यो पुग्यो
सायद बैरी संग लड्दा हाम्रा पुर्खा
यो झण्डा त्यही थियो
विरगती पाउँदा सपुत¸ त्यै झण्डा ओढेको थियो
ति सबैले अब अर्कै झण्डा ओढ्नु छ
फेरि विरगती पाउँनु छ
फेरि त्यो फहराउनु छ

छोरोले मलाई झक्झकायो
सोच्यो बाऊ किन टोहोलायो
एकै छिन हेरी मुहार मेरो
फेरि आफ्नै कापी समायो

हेर्नुहोस् त बुबा मैले बनाएको झण्डा
यसो मैले कापी हेरें
रातो¸ निलो¸ चन्द्र¸ सुर्य¸ तिन चोसे आकार त्यो
बोल्न नसकी हेर्दै थिए
उसैले फेरि मलाई बोलायो
भन्यो राम्रो छ हगी
मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा
………..

मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा