Wednesday, August 24, 2011

उठे जन बास फेरि पाउन मुस्किल हो

अखवार हेरि मन फेरि झन तरल भो

सहमतिको बन्ने आशा छैन सरल यो

क्षितिज हो मिल्ने विन्दु दुई किनार को

भेट्न त्यो खोज्नु भयो तृष्णा मृग जो


आफ्नै भए मिल्छ सब साथी बहार यो

नभैदिए आफ्ना सब भए उजाड जो

बदली स्थान हेरि सधै खोज्ने पाउन त्यो

बदली दिए हुन्छ मन भई नरम जो


बोल्न जान्ने दुई चार छन् धेरै मूक हो

स्थीर जो देखिन्छ यो संकेत आँधी को

भो लौ पुग्यो कुरी बस्ने बेला अबेर भो

उठे जन बास फेरि पाउन मुस्किल हो


उठे जन बास फेरि पाउन मुस्किल हो