Monday, July 16, 2012

सुन सुन नानी हो म केही भन्छु


सुन सुन नानी हो म केही भन्छु ।
वितेका दिनको सवाही कहन्छु ।।

एक थिए राजा यहाँ एक थिईन रानी ।
घुम्न निस्के गाँऊघर घुम्ने यिनको बानी ।।

हात्ती  घोडा पालकीको लावा लस्कर साथ ।
गाँऊघरकै झुपडीमा बस्थे¸ मैना एक रात ।।

विचरा ति गाँऊले घरका अब के गर्नु ।
अन्नपात छैन घराँ लाजलेनै मर्नु ।।

बल्ल बल्ल आका राजा खुवाउनै पर्यो खाजा ।
नत्र भोली के गर्ने हुन् बजाउने हुन् कि बाजा ।।

डरै डरले खुवाकै हुन् बस्न दिई बास ।
पहिले यिनले गरेकै हुन् काटी कुखुरा हाँस ।।

शहर¸ देशै भरी जनता गरि बस्छन् आश ।
यिनीलाई छु मतलब त्यो¸ देशकै भयो नास ।।

पहिले पहिले राजा हुँदा लाग्थ्यो¸ गर्लान यिनले काम ।
अहिले पो त चाल पाईयो¸ आका रैछन् कुम्ल्याउन दाम ।।

मितवेही देखाउने हात्तीको त्यो दाँत ।
महंगीले ढाड खुस्क्यो जलि सक्यो आँत ।।

गर्न नपाई मोज साथी यिनलाई छाडी भागे ।
हेर्दै जाऊ जनता तिमी¸ के गर्छन् यिनले आगे आगे ।।

4 comments:

Anonymous said...

हाहा मज्जाको लाग्यो :)

Rabish said...

समय सापेक्ष्य,

Dipesh Koirala said...

धन्यवाद Jhaluck PauDell, Rabish

dnr.anuj said...

मज्जाको छ, हालत ठ्याक्कै बता'को छ :)