Monday, August 29, 2011

टुईट पुराण

टुईटियो, टुईटियो

त्यो नै रिटुईट भो

तोकियो, ठोकियो

जब त्यो कसैमा, भएर मेन्सन जो

जो मनमा बस्यो,

बस्यो,

केवल त्यो हो है भई फेब्रेट

लुकाई जसलाई भन्यो,

भन्यो,

जसले भई अब डाईरेक

लुकाई न जो भनिन्छ मनका,

देखिन्छ टुईट यो

सबैले हेर्न पाउछ अबत, भएर म पब्लिक

हैन है नहेर सबले, मै छु भई प्राईभेट

लेखेकी कसैले नयाँ नै अबत,

कुरीन्छ टाईम लाईन जो

---

बनाई जसले पारे छ बसमा

मोहनी मन्तर यो

काटिन्छ दिन त्यो कसरी भन लौ

नगरी टुईट जो

नशा नै लाग्यो या

हो यो दशा जो

पाईछु तन्त्र यो

पल पल याद आउछ मनमा

झस्किन्छु सम्झेर त्यो

मोबाईलले पनि टुक्टुक्याउ छु

म त लौ, मेटिन्न प्यास त्यो

अनि के गरे र गरु लौ,

कटेन जो रात यो

उठि बसें, बसेर उठे लौ

खोलेर कम्पुटर

बिर्सी सब थोक टुक्टुक्याउ छु

अब लौ,

कराई रहुन जो

हिडी रहेछु

खाई, हेरी

सुनी रहेछु पो

के यै हो

भने र मन लौ

गरिने टुईट त्यो

अन्तत :

बेचिन्छ मन लौ

किनिन्छ जन लौ

गरेर टुईट यो


बेचिन्छ मन लौ

किनिन्छ जन लौ

गरेर टुईट यो

Wednesday, August 24, 2011

उठे जन बास फेरि पाउन मुस्किल हो

अखवार हेरि मन फेरि झन तरल भो

सहमतिको बन्ने आशा छैन सरल यो

क्षितिज हो मिल्ने विन्दु दुई किनार को

भेट्न त्यो खोज्नु भयो तृष्णा मृग जो


आफ्नै भए मिल्छ सब साथी बहार यो

नभैदिए आफ्ना सब भए उजाड जो

बदली स्थान हेरि सधै खोज्ने पाउन त्यो

बदली दिए हुन्छ मन भई नरम जो


बोल्न जान्ने दुई चार छन् धेरै मूक हो

स्थीर जो देखिन्छ यो संकेत आँधी को

भो लौ पुग्यो कुरी बस्ने बेला अबेर भो

उठे जन बास फेरि पाउन मुस्किल हो


उठे जन बास फेरि पाउन मुस्किल हो

Tuesday, August 23, 2011

रजनीकी ज्योत्सना तिमी

रजनीकी ज्योत्सना तिमी

मेरा लागि संसार भरी

नेकी थियौ मेरा लागि

नभको शुभ्र तारा सरी


रणभुमीमा बैरी काटी रहेको म

तिम्रै नाँऊ छातीमा राखी बाँचेको म

अनायस झस्कन्छु तिमीलाई सम्झन्छु

आफ्नै बैरी सामुन्ने तिमीलाई नै देख्दछु


किन भन, किन भन मेरै बैरी भयौ किन

मत सधै सधै भरी तिमीलाई पछ्याउथें

तिमीलाई नै मैले आफ्नो बहना बनाउथे

मेरो नाउ भुमरीमा पारी छोडी गयौं किन

किन किन मलाई एक्लै पारी गयौ भन किन

Monday, August 22, 2011

सत्य मै अडेको यो जिन्दगी आज

सत्य मै अडेको यो जिन्दगी आज

सत्य नै अब डगमगाउन खोज्छ

धारीलो नजर नलगाउ म मा

मेरो सत्य बहकाउन खोज्छ


कति रात मैले आफैलाई सम्हाले

कति पल आफै सम्हालिदै फाले

कर्के नजरले न बोलाऊ मलाई

इच्छा मनैमा सल्बलाउन खोज्छ


चिरकुमार बनेकै म ठिक छ

यहाँबाट मलाई तल नझार

ओठमा लाली नपोत साथी

आफैमा भ्रम फुल्न खोज्छ

Friday, August 19, 2011

Facebook, Twitter, सबै पढे

Facebook, Twitter, सबै पढे

टेलिभिजन, FM हेरे सुने

टेलिफोन गर्न खोजे अनी

E-mail बाट सोध्न खोजे

तर पनि तिम्रो खवर

कही पनि आएन

तिम्रो जवाफ कही पनि

कहि पनि पाईन

ज्यानलाई तिम्रो अरामै छ

ज्यानलाई मेरो छ कि छैन

सके सम्म गरि सके

भए जति भनि सके

रिसाउछेऊ सधैं भरि

फकाऊ म कसो गरि

यत्रा दिन विती गए

तिता पन रित्ती गए

तर पनि रित्ती एन

किन प्रिय भन किन

फोनैमा हुन्छेऊ सधै

बोल्दिनौ प्रिय किन

चिठ्ठी पनि फर्काउदै

हुलाकीलाई हप्काऊ छेऊ

विचरा ऊ निरिह छ

कामै उस्को त्यही नै छ

तर पनि बुझ्दिनौ

सधैं भरि रिसाउछेउ

भन प्रिय भन

केहि त तिमी भन

भन प्रिय भन

केहि त तिमी भन